२०८३ बैशाख ८ मंगलवार
२०८३ बैशाख ८ मंगलवार

खबरदारी न्युज दिनभर आज

– पछिल्लो वर्षाजन्य विपदमा ज्यान गुमाउनेको सङ्ख्या ४९ पुग्यो, ७ जना बेपत्ता
गएको शुक्रवारदेखि भएको वर्षाका कारण उत्पन्न विपद्मा ज्यान गुमाउनेको सङ्ख्या ४९ जना पुगेको छ । प्रहरीका अनुसार पहिरो, बाढी र गाडी दुर्घटनामा परेर ज्यान गुमाउनको सङ्ख्या ४९ जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा सबैभन्दा धेरै इलाममा ३७ जना रहेका छन् । यस्तै रौतहटमा ३, उदयपुरमा २, खोटाङमा १ र पाँचथरमा ६ जनाले ज्यान गुमाएका छन् । यस्तै रसुवामा ४, इलाममा १, बारामा १ र काठमाण्डौमा १ गरी ७ जना बेपत्ता छन् ।

unn.prixa.net

धनगढीमा शनिवार दुर्घटनामा परेको बसका चालक पक्राउ
धनगढीबाट पोखरा जान लागेको यात्रुबाहक बस दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिवार बिहान धनगढीको बोराडाँडीमा दुर्घटना भएको ग २ ख १९०७ नम्बरको बसका चालक ३५ वर्षीय सुरेश परियारलाई प्रहरीले पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले परियारलाई समातेको बताए। यस्तै घाइतेहरुमध्ये १८ जना सामान्य उपचारपश्चात् घर फर्किएको डिएसपी सिंहले बताए।

दुर्घटनामा परेर घाइते भएका पैदलयात्री धनगढी उपमहानगरपालिका–४ बोराडाँडीका ६० वर्षीय गणेश शाहीको भने हिजै मृत्यु भएको थियो। प्रहरीका अनुसार बसमा दुर्घटनामा घाइते भएका पुनर्वास नगरपालिका–६ का ३२ वर्षीय विप्लव पोखरेललाई भने थप उपचारका लागि भारत पठाइएको छ। बसका सह(चालक र अन्य तीन जना घाइतेको भने धनगढीकै अस्पतालमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार बस स्कुटरलाई जोगाउने क्रममा सडकबाट अनियन्त्रित भई दुर्घटना भएको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

– नेपालको क्षतिबारे दुस्ख व्यक्त गर्दै मोदीले भने:  जुनसुकै सहयोग गर्न तयार छौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा शुक्रबार र शनिबार परेको अविरल वर्षापछि भएको क्षतिप्रति दुस्ख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले नेपालमा भएको जनधनको क्षति पीडादायी भएको भन्दै कुनै पनि सहयोग गर्न भारत सरकार प्रतिबद्ध भएको पनि बताएका छन् ।

उनले भनेका छन्, ‘एक मैत्रीपूर्ण छिमेकी र पहिलो प्रतिक्रियाकर्ताको रूपमा, भारत आवश्यक पर्ने कुनै पनि सहयोग प्रदान गर्न प्रतिबद्ध छ ।’ उनले नेपाली जनता र सरकारको साथमा भारत रहेको पनि बताएका छन् ।

 

‘हामी यस कठिन समयमा नेपालका जनता र सरकारको साथमा छौं,’ उनले भनेका छन् । वर्षापछि आएको बाढी र पहिरोका कारण अहिलेसम्म ४९ जनाले ज्यान गुमाइसकेका छन् । देशभरका राजमार्ग अवरुद्ध हुनेगरी भएको वर्षा आज भने केही रोकिएको छ । अहिले विभिन्न राजमार्गहरू खुल्ने प्रक्रियामा छन् ।

अविरल वर्षापछि झ्याप्प–झ्याप्प बिजुली जाने विषयमा के भन्छन् कुलमान ?

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले खराब मौसमका कारण पछिल्लो दुई दिनदेखि विभिन्न स्थानमा बिजुली जाने समस्या भएको बताएका छन्। आइतबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री घिसिङले यस्तो बताएका हुन् ।

किन झ्याप्प–झ्याप्प बिजुली गइरहेको छ भन्ने पत्रकारहरूको प्रश्नमा उनले मौसमका कारण त्यस्तो भएको बताए । मन्त्री घिसिङले भने, ‘कुनै ठाउँमा पोल ढलेको छ, कुनै ठाउँमा तार चुँडिएको छ। जसले गर्दा समस्या देखिएको हो। तर त्यो ठुलो समस्या होइन । अहिले प्राधिकरणको टोलीले निरन्तर रूपमा विद्युत् अवरुद्ध हुन नदिन काम गरिरहेको छ । विद्युत् जाने अवस्था छैन र जाँदैन ।’

अविरल वर्षापछि झ्याप्प–झ्याप्प बिजुली जाने विषयमा के भन्छन् कुलमान ?

मन्त्री घिसिङले अहिले विद्युत् उत्पादन बढी र बिजुलीको खपत पनि कम रहेकाले अपुग नभएको बताए । उनले खराब मौसम र बाढी पहिरोका कारण केही जलविद्युत आयोजनामा समस्या हुँदा प्राविधिक समस्याका कारण बिजुली जाने समस्या देखिएको उल्लेख गरे ।

उनले भने– ‘समस्या देखिएका ठाउँमा समाधानका लागि काम पनि भइरहेको छ । लामो समय उक्त समस्या रहँदैन ।’ अहिले बिजुली जाने समस्या नभएको र लोडसेडिङ नहुने दाबी समेत उनको थियो ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।