२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

एक साताभित्र सबै पालिकामा अस्पताल, चिकित्सक नर्स करारमा लिइने

काठमाण्डाै – कोरोना भाइरसकाे सङ्क्रमण र ज्यान गुमाउनेकाे दर बढ्दै गएपछि सरकारले सङ्घ, प्रदेश र पालिकामा गरी ६ हजारभन्दा बढी शय्या थप गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार केन्द्रीय अस्पताल, प्रदेश र पालिका तहमा गरी ६ हजार दुई सय दुई वटा शय्या थप भएका छन् । केन्द्रीय अस्पतालमा एक हजार, प्रादेशिक अस्पतालमा एक हजार नाै सय ५७ शय्या थप भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । 

यस्तै विभिन्न ६ सय ४९ पालिकामा तीन हजार दुई सय ४५ वटा शय्या थप भएका छन् । अस्पताल नभएका प्रत्येक पालिकामा पाँच वटा बेड थप भएका हुन् । हरेक अस्पतालमा जनशक्तिसहित शय्या थप गरिएकाे हाे । 

यस्तै गरी सरकारले थप तीन वटा अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरेको छ । वीरगञ्जको नेशनल मेडिकल कलेज, काठमाण्डाैकाे कान्तिपुर अस्पताल र जनमैत्री अस्पताललाई कोभिड अस्पतालमा सूचीकृत गरिएको हो । 

यस्तै नेपालमा अहिलेसम्म २० जना कोरोना सङ्क्रमितको प्लाज्मा थेरापीको माध्यमबाट उपचार गरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिनुभयो । अहिलेसम्म सङ्क्रमण भएर निको भएका ४२ जनाले प्लाज्माका लागि रगत दान गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।