२०८३ असार ५ शुक्रबार
२०८३ असार ५ शुक्रबार

हमासले भन्यो- ‘सबै इजरायली बन्धक मुक्त गर्न सहमत छौं’

काठमाडौँ — प्यालेस्टिनी विद्रोही समूह हमास अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनाप्रति सकारात्मक प्रतिक्रिया दिँदै आफ्नो नियन्त्रणमा राखेका सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ ।
अमेरिकी राष्ट्रपति ट्रम्पले आइतबारसम्म २० बुँदे शान्ति योजनालाई स्वीकार गर्न हमासलाई अल्टिमेटम दिएका थिए । शुक्रबार जवाफ पठाउँदै हमास गाजापट्टीको प्रशासन प्यालेस्टिनी प्रविधिज्ञहरूलाई सुम्पन र सबै इजरायली बन्धक मुक्त गर्न सहमत भएको छ । उसले मध्यस्थहरूमार्फत शान्ति वार्तामा तत्काल प्रवेशु गर्न इच्छुक रहेको बताएको छ ।
नेपाली युवा विपिन जोशीसहित ४७ जनालाई हमासले बन्धक बनाएको छ । जसमा २० जना मात्रै सकुशल रहेको विश्वास गरिएको छ ।
हामासको विज्ञप्तिपछिको एउटा भिडियो सम्बोधनमा राष्ट्रपति ट्रम्पले यो प्रगतिलाई अभूतपूर्वु भएको टिप्पणी गरेका छन् । उनले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको एक पोस्टमा इजरायललाई ुगाजामा बमबारी तुरुन्त रोक्नु आग्रह गरेका छन् ।
यो ठूलो दिन हो । यसको कस्तो नतिजा निस्कन्छ, हामी हेर्छौं । हामीले अन्तिम कुरा ठोस रूपमा तय गर्नुपर्छ,ु उनले लेखेका छन्, ुधेरै महत्वपूर्ण कुरा के छ भने, बन्धकका आमाबुबा तिनीहरु घर फर्केर आउने दिनको प्रतीक्षामा छन् ।

ट्रम्पले गाजामा बमबारी तुरुन्त रोक्न आग्रह गरेलगत्तै इजरायली सेनाले गाजा जित्ने अभियानमा जारी राखेको अप्रेसनलाई न्यूनीकरण गर्न थालेको छ । इजरायलको सैनिक रेडियोका अनुसार त्यहाँको सरकारले गाजामा युद्ध रोक्न इजरायली सेनालाई आदेश दिएको छ। इजरायलले गाजामा घातक बमबारीबाट शुक्रबार गाजापट्टीभर कम्तीमा ७२ प्यालेस्टिनीहरूको मृत्यु भएको थियो ।

अक्टोबर २०२३ देखि इजरायलले गाजामा चलाएको युद्धमा कम्तीमा ६६,२८८ मानिसको मृत्यु भई १६९,१६५ घाइते भएका छन् । ७ अक्टोबर, २०२३ का दिन इजरायलमा भएको आक्रमणमा कुल १,१३९ मानिसहरूको मृत्यु भएको थियो र करिब २०० बन्धक बनाइएका थिए।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।