२०८३ जेष्ठ ६ बुधबार
२०८३ जेष्ठ ६ बुधबार

यस्तो छ आज र भोलीको मौसमी विवरण

काठमाडौं । मुलुकको मौसम परिवर्तनको चरणमा छ । वर्षा सकिएर मौसममा दिन प्रतिदिन सुधार भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अबका दिनमा मुलुकभरको मौसम सुधार हुँदै जानेछ ।

आज र भोलीको मौसम सामान्यतया सफा रहेको छ । देशका विभिन्न भू–भागहरुमा हल्का वर्षाको संभावना रहेपनि मौसम सुधारोन्मुख छ ।

हाल मनसुनको न्युन चापीय रेखा नेपाल भन्दा दक्षिणतर्फ तर्फ रहेको छ । साथै भारतको छत्तीसगढ राज्य तथा आसपासको क्षेत्रमा न्युन चापिय प्रणाली अवस्थित रहेको छ र उक्त प्रणाली विस्तारै पश्चिम–उत्तरपश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ ।

हाल प्रदेश न. ६ र सुदुर पश्चिम प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आशिकं बदली हुने प्रदेश न. ६ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशको एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्यतया बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ ।

भोली भाद्र १४ गते (आइतबार) दिउँसोः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

रातीः देशभर सामान्यतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश र सूदूर पश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।