२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

वडाध्यक्ष पाण्डेले व्यक्तिगत खर्चमा गरिदिए २०० बढिको कोरोना बिमा ।

किरण भुर्तेल /कावासोती नवलपुर – कावासोती नगरपालिका वडा न ६ का वडाध्यक्ष हेम प्रसाद पाण्डेले उदाहरणिय कार्य गरेका छन। पाण्डेले आफ्नो वडामा रहेका अति विपन्न ,शारीरिक रुपले अशक्त ,दैनिकी ज्यालादारी गर्ने २०० भन्दा धेरै घर परिवारको एक घरको एकजनाको दरले कोरोना बिमा गरेका हुन। आज एक अनौपचारिक कार्यक्रमका बिच वडाध्यक्षले सिद्धार्थ इन्स्योरेन्सका प्रतिनिधि बेद प्रसाद न्यौपाने मार्फत कोरोना बिमा गराएको कावासोती वडा न ६ का वडा सचिब महेन्द्र बस्ताकोटीले जानकारी दिए।जनप्रतिनिधि भैसकेपछी आजसम्म सरकारी सेवा सुबिधा तथा तलब भत्ता केही पनि नलिएर निरन्तर समाजसेवामा लगाएका पाण्डेले सरकारले निरन्तर तलब पाइरहने कर्मचारीको कोरोना बिमा गरिदिएको तर दैनिकी ज्यालादारी गरेर घर खर्च चलाउने विपन्न वर्गको बिमातर्फ ध्यान नदिएको देख्दा आफुले उनिहरुलाइ भोलि कोरोना संक्रमण भएको खण्डमा सहयोग हुने महसुस गर्दै बिमा गरिदिएको बताए। आफुहरु दैनिक ज्यालादारी गरेर खानेगरेको तर अहिलेको अवस्थामा निषेधाज्ञा जारी हुदा आम्दानीको स्रोत कुनै नहुदा वडाध्यक्षले वडाबासिको चिन्ता गरेर आफ्नै खर्चमा कोरोना बिमा गरिदिदा आफुहरु अत्यन्तै हर्षित भएको र आफुहरुले सहि प्रतिनिधि चयन गरेको महसुस भएको स्थानिय बिमित धनबहादुर बिकले बताए ।वडाध्यक्ष पाण्डेले आफुले अहिले अति विपन्न तथा अशक्त हरुलाइ छ्नोट गरि बिमा गरिदिएको र वडामा अन्य कोहि आर्थिक अवस्था कमजोर भएको व्यक्ति भेटिएमा उनिहरुको पनि बिमा गरिदिने प्रतिवद्दता समेत व्यक्त गरे। कोरोना महामारिको यो विषम परिस्थितिमा सम्पूर्णलाई सकेसम्म घर बस्न ,हिडडुल गर्नै परेको खण्डमा मास्कको प्रयोग गर्न ,भौतिक दुरि कायम गरि सुरक्षीत रहन अनुरोध समेत उनले गरेका छन।बिमा गरिएका बिमित हरुमा कोरोना पोजेटिभ देखिए उनिहरुले प्रतिव्यक्ति एक लाख प्राप्त गर्नेछन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।