२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

कुवेतमा पछिल्लो तीन दिनमा ९ जना नेपाली श्रमिकहरुको ज्यान गयो, १५ जना विरामीको उपचार चल्दै  

 पछिल्लो तीन दिनमा नौ जना नेपाली श्रमिकहरुको ज्यान गएको छ । अरू १५ जना भन्दा धेरै नेपालीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको कुवेतमा रहेको नेपाली दुतावासलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । कुवेतको स्वास्थ्य मन्त्रालयले विज्ञप्ती निकालेर मेथनोल मिसावट गरेको रक्सी खाएका कारण एक सय ६० जना भन्दा धेरै प्रभावित भएका र उनीहरु मध्ये २३ जनाको ज्यान गएको जनाएको छ । मृतक सबैजसो एशियाली देशका रहेका मन्त्रालयले आज निकालेको विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा देश उल्लेख नभए पनि ज्यान गुमाउने नौ जना नेपाली तिनै २३ जना मध्येका रहेका कुवेतमा रहेको नेपाली दुतावासले जनाएको छ ।

बीबीसीसँगको कुराकानीमा नेपाली दूतावासका श्रम सहचारी गिरिप्रसाद आचार्यले कुवेतका अधिकारीहरुका अनुसार अवैध रूपमा बिक्री हुने रक्सीकै कारण ज्यान गएको बुझिए पनि पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेकोले कारण स्पष्ट भएको छैन । उहाँका अनुसार उपचार गराइरहेका मध्ये सबैजसो विशाक्त रक्सी खाएपछि बिरामी परेका हुन् ।

कुवेतका स्थानीय सञ्चार माध्यमहरूले नेपालीसँगै भारतीय श्रमिकहरूको पनि विषाक्त रक्सी खाएका कारण ज्यान गएको उल्लेख गरेका छन् । कुवेतमा यसअघि पनि गैरकानूनी रूपमा बिक्री हुने रक्सीमा विषाक्त रसायन प्रयोग गरिँदा नेपाली श्रमिकहरूको ज्यान जाने गरेको थियो । कुवेतमा रक्सी उत्पादन र बेचबिखन पूर्ण रूपमा प्रतिबन्धित छ । 

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।