२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

नेपालमा गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ शुरु

काठमाण्डौ – गुगल म्याप्सले नेपालमा ‘स्ट्रिट भ्यू’ फिचर शुरु गरेको छ । ललितपुरमा शुरु भएको डिजिटल नेपाल कन्क्लेभ, २०२५ को अवसरमा गुगल म्याप्सले ‘स्ट्रिट भ्यू’ फिचर शुरु भएको घोषणा गरेको हो । गुगलले संसारको कुनै पनि कुनाबाट कसैले पनि गुगल म्याप्सको स्ट्रिट भ्युमार्फत नेपालको भौगोलिक दृश्य र समृद्ध संस्कृति भर्चुअल रूपमा अवलोकन गर्न सक्ने सुविधा ल्याएको हो ।

गुगल म्याप्सले विज्ञप्ती निकालेर अब गुगल म्याप्सको ‘स्ट्रिट भ्यू’ चित्रमार्फत नेपालका अद्भुत भू–दृश्य र समृद्ध सांस्कृतिक दृश्य भर्चुअल रूपमा अवलोकन गर्न सक्ने दाबी गरेको छ । यसले नेपालको वास्तुकलाको इतिहास, प्राचीन मन्दिर र दरबार तथा चहलपहलयुक्त बजार र जीवन्त परम्परालाई नजिकबाट हेर्ने अवसर दिनेछ । यो शुरुआतले विश्वलाई नेपालको अनुभव गर्ने नयाँ र रोमाञ्चक माध्यम उपलब्ध गराएको छ ।

गुगल ‘स्ट्रिट भ्यू’मार्फत काठमाण्डौका गल्ली, मन्दिर र बजारसम्म भर्चुअल यात्रा गर्न सकिने सुविधा उपलब्ध छ । ललितपुरमा चलिरहेको डिजिटल नेपाल कन्क्लेभ २०२५’ नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवद्र्धन गर्ने उद्देश्यसहित आयोजना गरेको आयोजक आइसिटी फाउन्डेसन नेपालले जनाएको छ ।

कन्क्लेभमा डिजिटल पद्दतिमा आधारित शासन, सार्वजनिक पूर्वाधार, स्वास्थ्य सेवा, अर्थतन्त्र, सूचना प्रविधि उद्योग संवाद, शक्ति संवादलगायत विषयमा आधारित सत्रहरू छन् । कार्यक्रममा सरकार, निजी क्षेत्र, नीति निर्माता, विद्यार्थी, समाजसेवी, उद्यमी र प्राविधिक, विज्ञहरू गरी पाँच सय जना भन्दाबढीको सहभागीता छ । १५ भन्दाबढी डिजिटल नयाँ परियोजना प्रदर्शनीमा राखिएका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।