२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

को हुन भिमदत्त पन्त, बिर्षनै नसकिने त्यो २०१० सालको घटना

दिपकराज भट्ट (डडेल्धुरा) – सुदुर पहाडको डडेल्धुरा सदरमुकाम नजिकै रहेको ९अमरगढि नगरपालिका कारिगाउमा भीमदत्त पन्तको जन्म तारानाथ पन्तका छोराका रूपमा वि.सं. १९८३ साल मंसिर १० गते सरस्वती देवीको गर्भबाट भयो। उनी १५ वर्षको उमेरमा भारतको सिंघाईबाट म्याट्रिक पास गरेर नेपाल फर्के। डडेल्धुराको विरखन भन्ने ठाउँमा संस्कृत पाठशाला खोले। त्यसपछि उनले तल्लो सोरठ र रूपालमा पनि पाठशाला खोले। २००१ सालमा भारत पढ्न गएका पन्त अङ्ग्रेज हटाउने आन्दोलनमा लाग्दा पक्राउ परी २००३ सालमा छुटे।
उनले डडेल्धुराको शैक्षिक विकास एवं सामाजिक परिर्वतनका लागि प्रमुख भूमिका निर्वाह गरेका थिए। उनले आफूले दलितहरूको घरमा खाना खाएर छुवाछुत अन्त्यको घोषणा गरेका थिए। भीमदत्त पन्तको विवाह ११ वर्षको उमेरमा पार्वतीदेवी (ईश्वरी) सँग भयो। पार्वतीदेवीबाट भीमदत्तका दुई छोरा र एक छोरी जन्मे पनि कोही जीवित रहेनन्।

उनको राजनितीक यात्रा –
नेपाल फर्केर २००६ सालमा नेपाली कांग्रेस पार्टीको सदस्यता लिए। २००८ सालको किसान आन्दोलनमा मतभेद आएपछि काङ्ग्रेस पार्टी छाडे। त्यसपछि कम्युनिष्ट पार्टीतिर लगाव राख्दै गरेका पन्तले २००९ सालमा काठमाडौं आएर पार्टीसँगै सम्पर्क गरे। सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने पहिलो व्यक्ति पनि भीमदत्त पन्त नै थिए । अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीमदत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरेका थिए । गरीब दलित जनजाती किसानहरुलाई संगठित गरी राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठूलो भूमिका रहृयो । तर २००७ सालको राजनीतिक परिवर्तनपछि कांग्रेसले गरेको ब्यवहार उनलाई मन परेन । उनले क्रान्ति पूरा भएको छैन भनि राणासँग मिलेर बनाएको सरकारको बिरोध गरे । परिवर्तनको पक्षमा स्पष्ट अडान भएका भीमदत्त पन्तले दलित मगर र थारुहरु संगठित गरि मुक्ति सेना गठन गरे । नेपालगञ्जका गौरीलाल र रुपिसंह दुई जना सेनाका कमान्डर थिए ।
भिमदत्त पन्तलाई फासी दिइएको थिएन तर उनका साथीले धोका दिएका थिए । उनलाई डडेलधुरा जिल्लाको जोगबुढाको बिर्खमको जंगलमा गोली हानी मारिएको थियो । पन्त लुकको ठाउँ उनकै साथीले देखाएका थिए । उनलाई मार्न भारतबाट समेत सैनिक बोलाईएको थियो ।

नलाई २०१० साल श्रावण १७ गते पक्राउ गरियो र भोलिपल्ट स्थानीय सामन्तीहरूको मदतमा सिपाहीद्वारा टाउको काटेर मारियो । पछि उनको टाउको काटि डडेलधुराको चोकमा झुन्ड्याइएको थियो । भिमदत्त पन्तको मृत्युले पुरै गाउँ शोकमा ढुबेको थियो ।
किसान नेता पन्तले गरेका आन्दोलनबारे खोज गरेर प्रकाशन भएका पुस्तकहरुमध्ये लेखक तथा प्राध्यापक कल्याण ओझाको २०६३ मा प्रकाशित शहीद भीमदत्त पन्त नामक कृति निकै सान्दभिर्क देखिन्छ । उक्त कृतिमा उल्लेख भए अनुसार अन्याय र भेदभाव सहन नसक्ने स्वभावका भीमदत्त पन्तले २००७ साल देखि नै आन्दोलनको सुरुवात गरेका थिए । उठ जाग रे, नेपाली नवजवान जागरे, नेपालमा तमु म, नेपाल देशलाई स्वतन्त्र बनाँउ रे आदि उनका देशभक्ति गीत पनि रहेको उनका दाजु यदुनाथ पन्त बताउनुहुन्छ । त्यस्तै स्थानीय भाषाको बम्बै जाने रेलगाडीमा दिल्लीको माल आयो, गरीबका दिन आया ठालुको काल आयो भन्ने उनको चचिर्त गीत रहेको पन्त अझै सम्झना गर्नुहुन्छ ।  उनको जिवनिमा आधारित फिल्म पनि युट्वमा पाउन सकिन्छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।