२०८३ असार ६ शनिबार
२०८३ असार ६ शनिबार

विप्लवले गरे समाजवादी मोर्चा विघटनको प्रस्ताव

काठमाडौंः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै चार दलीय समाजवादी मोर्चा विघटनको प्रस्ताव गरेका छन् ।
मंगलबार नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकमा मोर्चाका संयोजक समेत रहेका विप्लवले मोर्चा विघटनको प्रस्ताव गरेका हुन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुले तत्काल मोर्चा विघटन गर्दा राम्रो सन्देश नजाने भन्दै त्यसलाई अस्वीकार गरेका छन् ।

विप्लवले नेताहरुले समय नदिएको र योजना अनुसार गतिविधिनै गर्न नसकेको भन्दै मोर्चा विघटनको प्रस्ताव गरेका एक नेताले जानकारी दिए । बैठकमा मोर्चाले पछिल्लो समय जनता र पार्टीका नेता कार्यकर्ताको अपेक्षा पूरा गर्न नसकेको निष्कर्ष पनि निकालेको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले मोर्चाका सबल पक्ष र दुर्बल पक्षको समीक्षा भएको र यसलाई प्रभावकारी बनाउन अझ सुदृढ गरेर अघि बढ्नुपर्ने निष्कर्ष निकालेको बताए ।

‘यस बीचमा भए गरेका काममा मोर्चा सफल रह्यो भन्ने निष्कर्ष छ । तर यसका केही समस्या छन् । जुन ढंगले गति लिनुपथ्र्यो । जनता र मोर्चामा सहभागी पार्टीका नेता र कार्यकर्ताका अपेक्षा, इमानदार नेता कार्यकर्ताको अपेक्षामा केही सीमा रहे’, बैठकपछि प्रकाण्डले भने, ‘जसका कारण पछिल्ला दिनमा अलिकति प्रश्न उठेका छन् । अब निर्ममतापूर्वक सच्याउनेतिर लानुपर्नेमा हामी पुगेका छौं ।’

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।