२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

भागेश्वर गाउँपालिकामा कार्यरत कर्मचारीको निधन, बुधवार शोक विदा

डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा कार्यरत एक कर्मचारीको निधन भएकोछ । असामयिक निधनपछि गाउँपालिकाले बुधवार (साउन १४ गते) शोक विदा दिने निर्णय गरेको छ। गाउँपालिकाको खानेपानी तथा सरसफाई शाखामा कार्यरत टेक्निसियन कृष्ण दत्त चटौतको उपचारका क्रममा हिजो राती (साउन १३ गते ) निधन भएको हो।

गाउँपालिकाले आज (मंगलवार) एक सूचना जारी गर्दै चटौतको निधनले सम्पूर्ण पालिका परिवारलाई अत्यन्त मर्माहत र स्तब्ध बनाएको जनाएको छ।
सूचनामा भनिएको छ, “एउटा कुशल र इमान्दार राष्ट्रसेवक कर्मचारीको दुःखद निधनले पालिकालाई अपूरणीय क्षति पुगेको छ। दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै गहिरो श्रद्धाञ्जली अर्पण गर्दछौं।”

 

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीदत्त भट्टले हस्ताक्षर गरेको सूचनामा बुधवारका दिन पालिका कार्यालय, सबै वडा कार्यालयहरू र मातहतका स्वास्थ्य संस्थाहरूमा अत्यावश्यक सेवाबाहेक सबै कामकाज बन्द रहने उल्लेख गरिएको छ।
चटौत भागेश्वर गाउँपालिका – ३ का स्थायी बासिन्दा हुन् । उनले पालिकाको वडा नंम्बर ३ को सचिवको जिममेवारी समेत समालेका थिए ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।