दार्चुला ।दार्चुलामा धारिलो हतियार प्रहार गरि एक जनाको हत्या गरिएको छ।जिल्लाको शैल्यशिखर नगरपालिका -२ देथलाका अन्दाजी ४८ वर्षीय शेर बहादुर चन्दको हत्या गरिएको हो ।



चन्दको बिहीवार दिउँसो ३ बजेतिर गाउँकै गंगादत्त भट्टले धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय दार्र्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए ।
चन्दको शवलाई अहिले गोकुलेश्वर अस्पतालमा राखिएको छ । हत्यारा भट्ट फरार रहेका छन् । फरार भट्टको खोजी भइरहेको प्रहरी निरीक्षक जोशीले बताए ।
Views: 163

























