डडेल्धुराः डडेल्धुराको गन्यापधुरा गाउँपालिका–३ डिलका करन भुलले हँसिया प्रहार गरि आफ्नै पत्नीको हत्या गरेका छन्।
साउन १ गते राति करिब साढे ११ बजे आफ्नै घरमा ५४ वर्षीय करन भुलले ४० वर्षीया पत्नी खिमा देवी भुलको घाँटीमा हँसिया प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएकोछ ।
हत्यापछि फरार रहेका भुललाई भाग्दै गरेको अवस्थामा बिहिबार बिहान गन्यापधुरा–३ गोयलखेतबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी डम्बरबहादुर बिष्टले जानकारी दिएका छन्।




घटनाबारे बिहानै प्रहरीलाई सूचना प्राप्त भए पश्चात् खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो। भुललाई जिल्ला प्रहरी कार्यालय डडेल्धुराको हिरासतमा राखिएको छ र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको बिष्टले जानकारी दिए।
Views: 651

























