२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

बैतडीको पिउने पानीमा कोलिफर्म,शुद्धीकरण गरेर मात्र पिउन आग्रह

बैतडीः बैतडीको पिउने पानीमा कोलिफर्म भेटिएको छ । जिल्लाका पिउने पानीका मुहानमा मानव स्वास्थ्यका लागि हानिकारक दिसामा देखिने जीवाणु ’कोलिफर्म’ भेटिएको हो । जिल्लामा रहेका नौ पालिकाबाट लिएको १६४ वटा नमुना परीक्षणमा ३८ वटामा ‘कोलिफर्म’को कीटाणु देखिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । ९ ओटा स्थानीय तहका विभिन्न स्थानमा रहेका मूहानबाट जाँचका लागि नमूना संकलन गरि परीक्षण गर्दा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालयका ल्याब असिष्टेन्ट धर्मानन्द बडूले जानकारी दिए ।

उनका अनुसार स्वास्थ्य कार्यालयले जेठ र असारमा नियमित रुपमा प्रयोग भइरहने मूहानबाट नमूना संकलन गरेर प्रयोगशालामा परीक्षण गरेको थियो । सबैभन्दा धेरै पुर्चौडी नगरपालिकाका खानेपानीका मुहान दुषित रहेको पाइएको छ । ३२ ओटा नमूना संकलन गरी परीक्षण गर्दा १५ मा कोलिफर्म भेटिएको हो । पाटनमा १३ मध्ये ९, सिगासबाट १५ ओटा नमूना संकलन गरि परीक्षण गर्दा ७ मुहानमा कोलिफर्म भेटिएको छ ।

यस्तै दशरथचन्दमा ४ मध्ये १, दोगडाकेदारमा २१ मध्ये १, डिलाशैैनीमा ६ मध्ये १, पञ्चेश्वरमा १६ मध्ये १, मेलौलीमा ३७ मध्ये २ र सुर्नयमा २० मध्ये १ मा कोलिफर्म भेटिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । नियमित रुपमा प्रयोग गर्दै आएका खानेपानीका मुहान, धारा र ट्याङ्कीबाट नमूना संकलन गरि परिक्षण गर्दा दिसामा हुने किटाणु कोलिफर्म भेटिएको बताइएको छ ।

पानीको मूहान, इन्टेक र धाराहरू फोहोर हुँदा कोलिफर्म भेटिन थालेको भन्दै स्वास्थ्यकर्मीहरुले नियमित सरसफाइ गर्न सबैलाई आग्रह गरेका छन् । दुषित पानीको प्रयोगले झाडापखाला, टाइफाइड, हैजा र आउँजस्ता विभिन्न सरुवाको रोगको संक्रमण बढ्ने भएकाले पानीलाई छान्ने, उमाल्ने वा अन्य विधिबाट शुद्धीकरण गरेर मात्र पिउन आग्रह गरेका छन् ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।