२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कोरोना पुष्टि भएका २ सय जना स’म्पर्कबिहीन भएको खुलासा

प्रदेश २ का दुइ सय जना कोरोना संक्रमित स’म्पर्कबिहीन बनेका छन् । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गराएकामध्ये दुई सय जना संक्रमित स्थानीय प्रशासनको सम्पर्कमै नरहेको खु’लासा भएको छ ।पीसीआर परीक्षणका बेला लेखाएको ठेगाना र सम्पर्क नम्बरमा उनीहरू फेला नपरेको स्थानीय प्रशासनले बताएको छ। संक्रमितहरू लु’किछिपी बस्ने प्रवृत्ति देखिएको सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए। ‘स्वाब संकलन गर्दा कसैले गलत नम्बर दिएका हुन्छन् भने कसैले ठेगानै उल्लेख गर्दैनन्।

यस्तो प्रवृत्तिले गर्दा पीसीआर पोजिटिभ आयो भने संक्रमित खोज्न गाह्रो भएको छ’, झाले भने, ‘स्वाब संकलन गर्न जाने क्रममा पनि ग’लत ठेगानाका कारण बि’रामीलाई क्वा’रेन्टाइन वा आइसोलेसनमा राख्न झ’मेला भएको छ।’ संक्रमित भएर पनि लु’कीछिपी बसेकाहरूको खोजी गर्नुपर्ने बा’ध्यता रहेकोे धनुषाका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतको भनाइ छ। संक्रमित भएर परिवार समाजमा बस्दा महामारी अझ फै’लिने जो’खिम भएको हुँदा त्यस्ता व्यक्तिलाई सम्पर्क गर्ने प्रयास भइरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।