डडेल्धुराः डोटीमा जिप दुर्घटना भएको छ। शुक्रवार जिल्लाको आदर्श गाउँपालिकास्थित मौवामा जिप दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा २ जनाको मृत्यु भएको छ। मौवाबाट सायल जान लागेको जिप दुर्घटना भएको थियो। जीपमा ८ जना सवार थिए। जसमध्ये ६ जना घाइते छन्। अन्य ३ जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भैरहेको बताइएको छ। यस्तै अरु ३ जनालाई भने आदर्श गाउँपालिकाका अध्यक्ष चढ्ने गाडी र एम्बुलेन्समा स्वास्थ्यकर्मीसहित सिलगढी उपचारका लागि लगिएको छ।



दुर्घटना दिउँसो १ः४० बजे मौवाको खिराधारमा भएको हो। सुदूरपश्चिम प्रदेश ०१००१ ज १३९५ नम्बरको जिप आदर्श गाउँपालिकाबाट मेल्लेखतर्फ जाँदै गर्दा करिब २५० मिटर तल खसेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी छ।
Views: 449

























