२०८३ असार १९ शुक्रबार
२०८३ असार १९ शुक्रबार

कैलालीमा डाँका चोरी मुद्दामा १७० वर्ष कैद सजाय

डाँका चोरी मुद्दामा २० वर्षपछि पक्राउ परेका चार जना अपराधीलाई एक सय ७० वर्षको कैद सजाय भएको छ ।

२० वर्षअघि बिभिन्न मितिमा ७÷८ जनाको समूहमा बनाई रातिको समयमा कैलालीको जोशी, भजनी, बौनिया, मुनुवा लगायतका क्षेमा हातहतियार सहित बिभिन्न व्यक्तिको घरमा पसेर लुटपाट गर्ने चार जना व्यक्तिलाई प्रहरीले भदौ ९ गते उनीहरुकै घरबाट पक्राउ गरेको हो ।

अदालतले गरेको फैसला अनुसार पक्राउ परेका चारै जनाको कैद सजाय जोड्दा एक सय ७० वर्ष हुन आउछ । अदालतले एउटै व्यक्तिलाई ८७ वर्ष कैद सजाय सुनाएको थियो ।

यसअघि पनि पक्राउ भएका उनीहरु भाग्न सफल भएका थिए । 

८ वटा डाँका मुद्दामा फरार अपराधी कैलालीको जोशी गाउँपालिका वडा नम्बर ६ वस्ने ४५ वर्षीय रोगही भन्ने करन राज थापालाई ८७ वर्ष कैद सजाय र ४४ हजार एक सय ५३ रुपैया जरिवाना भएको छ ।

प्रहरीले पक्राउ गरेका कैलालीको भजनी नगरपालिका वडा नम्बर ६ बस्ने टीकाराम चौधरी डगौरालाई ५ वटा डाँका चोरी मुद्दामा ३८ वर्ष कैद र नौ हजार ८ सय ४० रुपैया सजाय गरेको छ । 

उनी तत्कालिन थापापुरगाउँ विकास समितिकोभवनमा आगजनी गर्ने कार्यमा समेत संलग्न रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै कैलालीको जोशीपुर गाउँपालिका–४ वस्ने ३८ वर्षीय कालु भन्ने गुन सिंह कठरियालाई चार वटा डाँका मुद्दामा ३९ वर्ष कैद र १४ हजार  ७० रुपैया जरिवाना तोकिएको छ ।
यसैगरी डाँका चोरी मुद्दाका फरार अपराधी जोशीपुर गाउँपालिका–३ का ४९ वर्षीय रोहिना भन्ने भगत चौधरीलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
उनीमाथि एउटा डाँका चोरीको मुद्दामा संलग्न भएको अभियोग प्रमाणित भएको थियो । उनलाई ६ वर्ष कैद र चार हजार पाँच सय रुपैया जरिवाना गरिएकोछ । उनी २०५७ सालमा पक्राउ परेका लागि कारागार चलान भएका थिए । उनी कारागारबाटै २०६१ साल माघ २७ गते फरार भएका थिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।