भागेश्वर गाँउपालिका ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय लाकम बगरकोटले ६५ औं बार्षिक उत्सव मनाएकोछ । आज विद्यालयले पालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आथित्यतामा बार्षिक उत्सवको उद्धघाटन गरिएको थियो । वि.सं २०१७ सालमा स्थापना भएको विद्यालयले २०२० सालमा कक्षा ५ सम्मको अनुमति पाएको थियो भने २०५२ सालमा निम्नमाध्यमिक तहको अनुमती २०५५ सालमा माध्यमिक तहको अनुमती पाएको थियो । विभिन्न चरणहरु पार गर्दै हालसम्म पुग्दा कक्षा १२ सम्म अध्ययन अध्यापन गराउदै आएको । यस आ.व मा विद्यायलमा जम्मा २ सय १४ जना विदार्थीहरु भर्ना रहेका छन् । बार्षिक उत्सवको अवसरमा विद्यार्थीहरुका लागि विभिन्न कार्यक्रमहरु गरिएको थियो ।
हेरौ भिडियोः



https://www.facebook.com/khabardarinews
Views: 768

























