२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

सुदूरपश्चिमका यातायात व्यवसायी आन्दोलित, लामो दूरीका यातायात ठप्प

 

धनगढी: सुदूरपश्चिम प्रदेशका यातायात व्यवसायीहरू आन्दोलित भएका छन्। गण्डकी प्रदेश सरकारले हालै ल्याएको ऐनको विरोध गर्दै यातायात व्यवसायीहरूले आइतवारदेखि लामो दूरीका सवारीसाधन ठप्प पारेका हुन्।

नेपाल यातायात व्यवसायी महासङ्घ सुदूरपश्चिम प्रदेश समितिका संयोजक टेकराज जोशीले यातायात व्यवसायीहरूले आज कालो पट्टी र सवारीसाधनमा कालो झण्डा लगाउने बताए। उनले निजि सवारी साधनले सार्वजनिक सवारी साधन सरह सञ्चालन गर्न पाउने व्यवस्थाको आफूहरूले विरोध गरेको बताउनुहुँदै सार्वजनिक सवारी साधन सञ्चालनको विधि र आयातलगायतका विषयमा प्रदेश सरकारको ठोस नीति के हो ? भन्ने प्रश्न गरेका छन्।

गण्डकी प्रदेश सरकारले ल्याएको ऐन खारेज गर्नुपर्ने तथा विगतमा यातायात व्यवसायीसँग सरकारले गरेका सहमति, सम्झौताहरू कार्यान्वयन हुनुपर्ने माग यातायात व्यवसायीहरूको छ।

माग पूरा नभए सार्वजनिक यातायात पूर्णरूपमा ठप्प पार्ने यातायात व्यवसायीहरूले घोषणा गरेका छन्। राज्यलाई लाखौँ रुपियाँ कर तिरेर सञ्चालनमा रहेका सार्वजनिक यातायातलाई राज्यले धराशायी बनाउन खोजेको आरोप उनीहरूको छ।

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।