जय ऐर/कंचनपुर- नेपाल किसानसंघ कंचनपुरले किसानका समस्या सावधानकालागि राज्य गम्भीरता वन्नुपर्ने माग गरेकाछन्।



विहिवार संघले किसानका हकहितका लागि विभिन्न मागराखि नेपाल सरकार संघिय कृषि पशुपंक्षि विकास मंन्त्रालय काठमाण्डु लाई जिल्ला प्रशासन कार्यालय कंचनपुरका प्रमुख जिल्ला अधिकारी मार्फत पुग्नेगरि ज्ञापनपत्र वुझाईएकाेहाे।
मलखादकाे चरम अभावहुदा किसानले भाेग्नु परेकाे समस्याप्रतिसरकार उदाशिन भएकाले किसानसंघकाे गम्भीर ध्यानाकर्षण भएकाे ज्ञापनपत्रमा उल्लेख्यछ।काेराेना भाईरसकाे समस्या देखायर सरकार जिम्मेवारी वाट पन्छिन खाेज्नु दुखद छ।
स्वाभिमान किसानकै कारण याे महामारीको वेलादेशलाई खाध्यसंकटवाट जाेगाउन सफल भएकाे कुरा राज्यले बिर्सनु हुदैनथ्यो किसानलाई गुणस्तरीय विउविजन मलखादकाे प्रवन्ध संगै किसानले उत्पादन गरेकाे धान लगायतकाे अन्नवालिकाे उचित दररेट निर्धारण गरेर विभिन्न ठाउँमा खरिदबिक्री केन्द्र खाेल्न समेत ज्ञापनपत्र मार्फत माग गरेकाछन्।
किसानसंघले उठान गरेका किसानका माग राज्य द्वारा सम्वाेघन गरिनुपर्ने मागराखि नेपाली कांग्रेसको मातृसंग नेपाल किसानसंघका केन्द्रिय सदस्य नारायण दत्त पंत,जिल्ला सभापति भैरव सिंह ऐर,उपसभापति मान सिंह भण्डारी र सचिव करन सिंह ऐर द्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

























