डडेल्धुरामा फागुन १२ गतेबाट महोत्सव लाग्दैः कति पुग्यो तयारि



डडेल्धुराः डडेल्धुरामा यही फागुन १२ गतेदेखि २२ गतेसम्म भव्य महोत्सव आयोजना हुने आयोजकले जनाएकोछ । ‘दिगो विकास र अर्थतन्त्रको आधारः कृषि, पर्यटन, उद्योगको पूर्वाधार’ भन्ने मूल नारासहित राष्ट्रिय संगीतकर्मी संघ, जिल्ला शाखा डडेल्धुराको आयोजनामा जिल्लाको अमरगढी नगारपालिका–४ टुडिखेलमा महोत्सव हुन लागेको हो।
महोत्सवमा स्थानीय कला र संस्कृतिको पहिचान, धार्मिक तथा सांस्कृतिक क्षेत्रको प्रचारप्रसार तथा डडेल्धुराको भेषभूषालाई राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य राखिएको आयोजक समितिका अध्यक्ष गणेश केसीले जानकारी दिनुभयो।
महोत्सवमा बालउद्यान, सांस्कृतिक झाँकी, सुदूरपश्चिम प्रदेशका कला तथा सांस्कृतिक प्रदर्शनी, बडालको चौलो, महिला–पुरुष देउडा, स्थानीय उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूको प्रदर्शनी तथा बिक्री, विभिन्न कम्पनीका स्टलहरू रहनेछन्। साथै, राष्ट्रिय स्तरका कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति समेत समावेश गरिनेछ।
महोत्सव व्यवस्थापनका लागि ५२ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सफलताका लागि १२ वटा उपसमिति गठन गरिएको आयोजकले जनाएको छ। महोत्सव अवलोकन गर्नका लागि सर्वसाधारणका लागि प्रवेश शुल्क १ सय रुपैयाँ तोकिएको छ भने विद्यार्थीहरूका लागि ५० रुपैयाँ मात्र लाग्नेछ।
डडेल्धुराको मौलिक पहिचानलाई राष्ट्रिय स्तरमा चिनाउन महोत्सव महत्वपूर्ण माध्यम बन्ने आयोजकहरूको विश्वास छ। यसले स्थानीय उत्पादन तथा पर्यटन प्रवद्र्धन गर्दै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउने अपेक्षा गरिएको छ।
यस्तो छ तयारिस्
डडेल्धुरा महोत्सवको तयारि सय प्रतिसत भईसकेको मुल आयोजक समितिका अध्यक्ष गणेश केसि ले खबदारी न्युजलाई बताएका छन् ।
उनका अनुसार प्रमुख अतिथिमा सुदुरपश्चिम प्रदेशमा पूर्व सामाजिक मन्त्रि गोविन्द बोहरा आउने के.सी ले बताएका छन् । औपचारिक कार्यक्रम दिउसो २ बजे हुनेछ ।
Youtube

























