२०८३ भाद्र ३० मंगलवार
२०८३ भाद्र ३० मंगलवार

सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि

धनगढी : सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा बिहिवार थप १२ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा चार सय ९२ जनाको कोरोना परीक्षण भएकोमा कैलालीका १२ जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार कैलालीको गोदावरीका नौँ र धनगढीका तीन जनामा संक्रमण देखिएको हो।

धनगढीमा पाँच बर्षीया बालिका, २९ बर्षीया महिला र ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ। गोदावरी नगरपालिका वडा नम्वर ३ का दुई बर्षीया बालिका, २२ र ३६ बर्षीया महिला तथा अन्य ६ जना पुरुषमा संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

यस्तै सेती प्रादेशिक अस्पतालमा अहिले ११ महिला र १३ पुरुष गरी २४ जना संक्रमितको उपचार भईरहेको अस्पतालले जनाएको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।