धनगढीः सुदूरपश्चिम प्रदेशका १ लाख ८१ हजार बालिकालाई एचपीभी दिईदैछ । पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोप अभियान सुरु भएको छ।



सुदूरपश्चिमका ९ वटै जिल्लामा रहेका १० देखि १४ वर्षका १ लाख ८१ हजार बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान मङ्गलवार देखि सुरु गरिएको हो।
सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री मेघराज खड्काले धनगढीको शारदा स्कुलबाट खोप अभियानको शुभारम्भ गरेका थिए। उनले स्वास्थ्यकर्मीलाई खोप सामाग्री तथा खोप लगाएकी किशोरीलाई खोप कार्ड दिएर अभियानको सुरुवात गरेका हुन्।
हरेक विद्यालयमै गएर खोप दिइनेछ भने विद्यालय पहुँचबाहिर रहेका बालिकालाई लक्षित गरेर अलग्गै खोप केन्द्र पनि तोकिएको छ।
Views: 987

























