२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

बाजुरामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय

बाजुराः बाजुरामा ब्लड बैंक स्थापना गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराको आयोजनामा बसेको सरोकारवालाहरुको बैठकले जिल्लामा तत्काल ब्लड बैंक स्थापना गर्ने निर्णय गरेको हो ।

त्यसो त यही पुस २१ गते सामाजिक विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाईटी बाजुराबिच ब्लड बैंक स्थापनाका लागि सम्झौता भैसकेको छ । सोमबारको छलफलले छिट्टै ब्लड बैङ्क स्थापना गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायाले बताए ।

ब्लड बैङ्क स्थापनाका लागि आवश्यक पर्ने रेफ्रिजेरेटर मर्मत गरी चालु गर्नका लागि स्वास्थ्य कार्यालयलाई अनुरोध समेत गरिएको उनले बताए । ब्लड बैङ्क स्थापना गरी सञ्चालनमा ल्याउनका लागि आवश्यक पर्ने सामाग्री र कर्मचारीहरू जिल्ला अस्पताल, स्वास्थ्य कार्यालय बाजुरा र नेपाल रेडक्रस सोसाईटी बाजुराले एक आपसमा समन्वय गरी व्यवस्था मिलाउनुपर्ने बताईएको छ ।

बैठकमा जिल्ला स्थित क्रियाशील राजनैतिक दलहरूका प्रतिनिधि, स्वास्थ्य क्षेत्रका प्रमुख, सुरक्षा निकायका प्रमुख लगायत सरोकारवाला सबै पक्षको उपस्थिति रहेको थियो । बाजुरामा ब्लड बैङ्क नहुँदा रगत अभाव हुने सुत्केरी महिला र अरू बिरामीका लागि निकै समस्या हुने गरेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।