२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

कञ्चनपुरमा उच्च ज्वरोका कारण पछिल्लो १० दिनमा ४ जनाको मृत्यु

कैलाली । कञ्चनपुरको महाकाली नगरपालिकामा पछिल्लो १० दिनमा उच्च ज्वरो देखिएका ४ जनाको मृत्यु भएको छ ।

‘उच्च ज्वरो आएका ८ जना हाम्रो सम्पर्कमा थिए । तीमध्ये ४ जनाको मृत्यु, भयो ४ जनाको उपचार भइरहेको छ’ स्वास्थ्य शाखा प्रमुख जयबहादुर महराले बताए ।

मृत्यु भएका अधिकांशलाई १ सय डिग्री भन्दा बढी ज्वरो रहेको उनले जानकारी दिए ।

स्थानीय दोधरा प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारमा आएका उनीहरुको त्यहाँ उपचार सम्भव नभएपछि महाकाली अस्पताल र कैलालीको सेती प्रादेशिक अस्पताल लगिएको थियो । ‘केहीको महाकाली अस्पताल र केहीको सेती अस्पतालमा मृत्यु भएको हो’ उनले भने ‘मृत्युको कारण अझैसम्म पहिचान हुन सकेको छैन ।’

तीन दिनअघि १३ बर्षीया बालिकाको उच्च ज्वरोबाट ज्यान गएको थियो । उनलाई जापानिज इन्सिफ्लाइटिसको आशंकामा अस्पताल पठाइएका उनले जानकारी दिए । त्यसपछि त्यो लक्षण लिएर कोही नआएको उनी बताउँछन् ।

उनीहरु सबैको आन्तरिक ट्राभल हिस्ट्री भएको र कोरोनासँग लक्षण नमिलेको कारण स्वाब परीक्षण नगरिएको उनले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।