२०८३ जेष्ठ १७ आईतवार
२०८३ जेष्ठ १७ आईतवार

सिपि. अस्पताल धनगढीले निशुल्क शिविर संञ्चालन गर्दै

विनोद पाण्डेय(धनगढी)-  सि.पि. अस्पताल चटकपुरले माघ १३ देखि माघ १८ गतेसम्म निःशुल्क मृगौला तथा मूत्ररोग सम्बन्धी परिक्षण शिविर आयोजना गर्ने भएको छ। यस शिविरमा मूत्ररोग (युरोलोजी) का विशेषज्ञ डा. विभुषित महतले आफ्नो सेवा प्रदान गर्ने अस्पतालले जनाएकोछ ।

युरोलोजी मानव शरीरको मूत्र प्रणालीसँग सम्बन्धित चिकित्सा विधा हो। यस शिविरमा निम्न समस्यासँग सम्बन्धित परामर्श र उपचारको व्यवस्था गरिने जनाईएकोछ । मृगौलासम्बन्धी समस्या,मृगौलामा हुने पत्थरी (स्टोन), संक्रमण, मृगौलाको कार्यक्षमता घट्ने समस्या। मूत्रनली समस्या, बारम्बार मूत्र संक्रमण मूत्रनलीमा अवरोध, रक्तमिश्रित पिसाब। मूत्राशय समस्या, पिसाब रोकिने समस्या, बारम्बार पिसाब लाग्ने समस्या।
प्रोस्टेट समस्या, वृद्ध पुरुषहरूमा देखिने प्रोस्टेट ग्रन्थीको वृद्धि र प्रोस्टेट क्यान्सर, प्रजनन स्वास्थ्य समस्यास् पुरुषहरूको प्रजनन स्वास्थ्यसँग सम्बन्धित समस्या, नपुंसकता, शुक्राणुको कमी।
अन्य यौन स्वास्थ्य समस्याको उपचार गरिनेछ । शिविरको सिपि. अस्तपालमा १० बजे देखि सुरु हुनेछ । शिविर पुर्ण रुपले निःशुल्क रहेकोछ । आम नागरिकले निशुल्क सेवा लिनका लागि अस्पतालले सबैमा हनुरोध समेत गरेकोछ ।

May be an image of 2 people, floor plan and text

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।