चिसो याममा आउन सक्ने स्वास्थ्य समस्या र जोगिने उपाय के ?



हृदयघात र मुटुरोग
– चिसो मौसममा हृदयघात र मुटुरोगको समस्या बढ्ने गर्छ ।
– गर्मीयामको तुलनामा चिसो याममा रक्तप्रवाहमा सन्तुलनता कमी हुने हुँदा हृदयघात हुने गर्दछ ।
हृदयघात र मुटुरोगबाट बच्ने कसरी ?
– चिसो मौसममा शरीर कममात्रामा सक्रिय हुने भएकाले शरीरलाई सक्रिय राख्ने वा नियमित केहिबेर शरीरिक व्यायाम गर्ने
– चिसोबाट जोगिने, वजन कम गर्ने, बढि चिल्लो, बोसो वा मसलेदार खाना नखाने
रुघाखोकी संक्रमण बढ्ने समस्या
– गर्मी यामको तुलनामा चिसो याममा शरीरमा भाइरस बढी सक्रिय हुने भएकाले रुघाखोकी सहित एलर्जीको संक्रमण जोखिम उच्च हुन्छ ।
रुघाखोकी र एलर्जीबाट जोगिने कसरी ?
– घर बाहिर निस्कदा मास्क लगाउने
– साधारण रुघाखोकी भएमा घरमै उपचार गर्ने
– नाकबाट पहेंलो सिंगान आउने, नाक बेस्सरी बन्द हुने, घाँटीमा समस्या देखिने वा कानमा समेत समस्या भएमा तत्काल अस्पताल जाने
सरुवा रोग अर्थात फ्लु
– इन्फ्लुएन्जा भाइरसबाट लाग्ने सरुवा रोगलाई फ्लु भनिन्छ ।
– संक्रमित व्यक्तिले खोक्दा वा हाछ्युँ गर्दा अर्को व्यक्तिमा फ्लुको संक्रमण सर्छ ।
फ्लुबाट कसरी बच्ने ?
– सकेसम्म सार्वजनिक स्थलमा नजाने, संक्रमित व्यक्तिसँग नजिक नहुने
– घर बाहिरबाट आएपछि साबुन पानीले राम्ररी हातखुट्टा, मुख धनुे
– संक्रमित व्यक्तिले पनि हाछ्युँ गर्दा मुख छोपेर मात्र गर्ने
नोरो भाइरस÷ बान्ता तथा झाडापखाला
– जाडो मौसममा नोरोभाइरसको सक्रियताका कारण केहि मानिसमा बान्ता हुने तथा झाडापखाला लाग्ने गर्दछ ।
– यसलाई विन्टर डायरिया पनि भनिन्छ ।
कसरी बच्ने ?
– शरिरमा चिसो पस्न नदिने
– खाना पकाउँदा साबुनपानीले राम्ररी हात धुने
– संक्रमित व्यक्तिको संसर्गमा नआउने
– एकअर्का कपडा वा सामान प्रयोग नगर्ने
जोर्नीको दुखाईको समस्या
– चिसो मौसममा देखापर्ने मुख्य समस्या मध्ये एक हो, जोर्नीको दुखाइर्
जोर्नीको दुखाईबाट कसरी बच्ने ?
– शरीरमा एक समानको तापमान बनाइ राख्ने
– शरीरको तल्लो भागमा पनि न्यानो हुने गरी टाउजर वा पर्याप्त तातो हुने कपडा लगाउने
छाला सुख्खा हुने समस्या
– बाहिरी वातावरण शरीरको तापक्रम भन्दा कम हुँदा शरीरको ताप वातावरणले तान्न थाल्छ र छाला सुख्खा हुन्छ ।
छालामा सुख्खापन कसरी कम गर्ने ?
– पर्याप्त न्यायो लुगा लगाउने
– शरीरलाई ढाकेर न्यायो बनाउने र तातो तथा झोलिलो खानेकुरामा ध्यान दिने
– छाला धेरै सुख्खा भए मोइस्चराइजर क्रिम लगाउने
चिसो याममा के खाने र के–के गर्ने ?
– चिसो याममा सकेसम्म अनावश्यक काममा घर बाहिर नजाने
– न्यायो लुगा लगाउने
– मोटरसाइकल, स्कुटर चलाउनेहरुलाई सिधा छातीमा असर गर्ने हुँदा छाती बचाउन चेस्ट गार्ड र हावा नछिर्ने, ज्याकेटको प्रयोग गर्ने
– बालबालिका र ज्येष्ठ नागरिक र रोगप्रतिरोधात्मक क्षमता कम भएकालाई बिहान–बेलुका विशेष ध्यान दिने
– चिसो याममा मर्निङवाकमा नजान, घर भित्रै पर्याप्त व्यायम गर्ने
– प्रोटिनयुक्त खानेकुराले शरीरमा तातोपन बढाउने हुँदा प्रोटिनयुक्त खानेकुरा खाने
चिकित्सका अनुसार जाडोमा मौसम परिवर्तनसँगै इन्फ्ल्युन्जाका र भाइरसका कीटाणु सक्रिय हुन्छन् । त्यसैले यस समयमा स्वास्थ्यको विशेष ख्याल नगरे सामान्य मात्रै होइन दीर्घकालीन समस्या झेल्नु पर्ने हुनसक्छ ।

























