डडेल्धुरा– डडेल्धुराको गन्यापधुरामा पाँचौ पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्डको आज एक औपचारिक कार्यक्रमका बिच सुरु गरिएकोछ । गन्यापधुरा गाँउपालिकाको आयोजना तथा सरस्वती माध्यमिक विद्यालय भात्काँडाको व्यवस्थापनमा रनिङ शिल्डको उद्घाटन गरिएको हो ।



गन्यापधुरा गाउँपालिकाको भात्काँडा स्थित सरस्वती माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न भएको औपचारिक उद्घाटन कार्यक्रममा गन्यापधुरा गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की प्रमुख अतिथि थिए । उद्घाटन कर्यक्रममा डडेल्धुराका प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
रनिङ शिल्डमा पालिकाका ७ वटा विद्यालय सहभागी रहने बताइएको छ । प्रतियोगितामा ३ वटा विधामा प्रतिस्पर्धा रहने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विजयप्रसाद भट्टले बताए । प्रतियोगिता आज र भोलि गरि जम्मा दुई दिन सञ्चालन हुनेछ पालिकाका सुचना प्रविधि अधिकृत शिव महताले बताएका छन् ।




























