२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

बझाङमा आमाको मृत्युपछि बेहोस भएकी छोरी पनि अस्ताइन्

बझाङः बझाङमा आमाको मृत्यु भएको दुई दिन छोरीको पनि ज्यान गएको छ । गत शनिबार थलारा गाउँपालिका–९, आमबगरकी ४१ वर्षीया पञ्चमाला जोशीको ढुंगाले लागेर मृत्यु भएको थियो । आमाको मृत्युपछि कैलालीको धनगढीमा रहेकी उनकी छोरी रोहिणी आइतबार साँझ बझाङ पुगेकी थिइन् ।

रोहिणी आमाको पार्थिव शरीर देख्नेबित्तिकै बेहोस भएकी थिइन् । बेहोस भएपछि स्वास्थ्यकर्मी बोलाएर घरमै उपचार गराइएकोमा रोहिणी केही समय होसमा आएकी थिइन् । फेरि बेहास भएकी उनको सोमबार दिउँसो जिल्ला अस्पताल चैनपुर पुर्‍याउनेबित्तिकै मृत्यु भएको हो ।

सोमबार साँझ सेती नदीको आमबगर घाटमा आमाछोरीको एकैपटक दाहसंस्कार गरिएको छ । आमाछोरीको मृत्युसँगै गाउँ शोकमा डुबेको छ ।

http://www.youtube.com/@villagestudiodadeldhura

 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।