६ महिना देखि कार्यपालिका बैठक नबस्दा भागेश्वरमा विकास निर्माण ठप्प
डडेल्धुराः डडेल्धुराको भागेश्वर गाउँपालिकामा विगत ६ महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन । जसका कारण विकास निर्माण योजनाका काम अलपत्र परेका छन् । बैठक नबसेकै कारण सडकका लागि आएको बजेटसमेत फिर्ता जानेसम्मको अवस्था सृजना भएको छ ।



नेपाली कांग्रेसबाट निर्वाचित भएका हेमराज चटौत गाउँपालिकका अध्यक्ष छन् । पालिकामा एक वडा अध्यक्ष बाहेक गाउँपालिकामा सबै जनप्रतिनिधी पनि कांग्रेस बाटै निर्वाचित भएका थिए तर, कांग्रेसका जिल्ला सचिव समेत रहेका चटौतको कार्यकाल असफल बनाउन कांग्रेस बाटै निर्वाचित भएका वडा अध्यक्षहरु लागिपरेको बुझिएको छ ।पालिकामा भदौं सम्म खगेन्द्र भारती प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत थिए । उनको सरुवा भएपछि त्यहाँ बैतडीको सुर्नया गाउँपालिकाबाट सरुवा भएर हर्ष रोका प्रशासकीय अधिकृतको रुपमा उपस्थित भएका थिए ।देशभरका केही स्थानीय तहमा प्रशासकीय अधिकृत पाउनै समस्या भएका बेला गाउँपालिका अध्यक्ष चटौतले विभिन्न प्रयास गरेर रोकालाई गाउँपालिकामा ल्याउन लामो समय लबिङ गरेका थिए । तर, तीन जना वडाअध्यक्षले रोकाको सरुवा माग्दै बैठक बस्न नदिने गरेको बुझिएको छ ।
बेला बेलामा पालिकाको बैठक बसाउनु प्रयास गरिएथा पनि बैठक भने बस्नु सकेको छैन् , जसको मारमा आम नागरिक परेका छन् । रोकाको सुरुवा गर्नुुकै लागि विरोध गर्ने वडा अध्यक्षहरु हाकिमको सरुवा गर्न कांग्रेसका केन्द्रिय पार्टी सभापतिको निवास मा महिनौ देखि देखि मन्त्रालय धाइरहेको बुझिएको छ ।
कार्यपालिका बैठक बस्न नसक्दा विभिन्न योजनाहरु अलपत्र पर्दा बजेटसमेत फिर्ता जाने अवस्था आएको गाउँपालिका स्रोतले बताएको छ । वडा अध्यक्षहरुको लहडले बैठक बस्न नसक्दा स्थानीय समेत रुष्ट बनेका छन् । उनीहरुले विकासका काम ठप्प पार्नेगरी आन्दोलित भएका वडा अध्यक्षहरुको कार्यशैली ठिक नभएको बताएका छन् भने नेतृत्व शैलि प्रति प्रश्न उठाएका छन् । ‘हाकिम सरुवा नहुँदासम्म हामी बैठक बस्दैनौ भनेर लागिरहेका छन् । तर यताको विकास त ठप्प भयो नि’ एक स्थानीयले भने ।
अहिले बैठक बस्न नदिने वडा अध्यक्षहरुका वडा नम्बर ३ का अध्यक्ष डम्बरराज जोशी, २ का अध्यक्ष उपेन्द्र जोरा र ५ का अध्यक्ष नरेन्द्र थापामगरको नाम अगाडि आएको छ ।
सरुवाका लागि सामान्य प्रशासन मन्त्रालय धाएका उनीहरुलाई सचिवले समेत प्रकाशकीय अधिकृत गएको तीन महिनामै सरुवा माग्नु जायज नभएको भन्दै जवाफ फर्काएको स्रोत बताउँछ ।
‘अहिले देशभरका पालिकामा प्रशासकीय अधिकृत पाउन समस्या भएको बेला नयाँ आएका हाकिमको तीन महिनामै सरुवा कसरी हुन्छ ? भखरै त नियुक्ति लगेर जानुभएको हो । उतिबेला बोलाउने अहिले पठाइदिनु भन्नुहुन्छ । त्यो कसरी हुन्छ’ ती सचिवको भनाई उद्धृत गर्दै स्रोतले भन्यो ।
उता गाउँपालिका अध्यक्ष हेमराज चटौतले कार्यपालिका बैठक बस्न नसकेको स्वीकार गरेका छन् । तर, सम्झौता गर्ने देखि अन्य काम भने नरोकिएको उनले बताए । यस्तोमा विभिन्न प्रयास गरेर भागेश्वर गाउँपालिकाका अध्यक्ष चटौतसहितका जनप्रतिनिधिले बल्लतल्ल प्रमुख प्रकाशकीय अधिकृत लगेका थिए । तर, केही वडा अध्यक्षहरु भने आएका हामिकको पनि सरुवा गर्न सिंहदरबरमा लबिङ गर्न लागिपरेका छन् ।
(8829) village studio – YouTube
साभारः पश्चिमएक्सप्रेस

























