२०८३ बैशाख ३ बिहीबार
२०८३ बैशाख ३ बिहीबार

तालिबानका शरणार्थी मामिला मन्त्री हक्कानीको मन्त्रालयमै भएको विस्फोटमा ज्यान गयो

तालिबानका शरणार्थी मामिला मन्त्री खलील–उर–रहमान हक्कानीको मन्त्रालयमै भएको बम विस्फोटमा ज्यान गएको छ । एक जना व्यक्ति अकस्मात् मन्त्रालयमा पसेर आत्मघाती बम विस्फोट गराएको बीबीसीको खबरमा उल्लेख छ । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।

पाकिस्तानका विदेशमन्त्री आइज्याक डारले हक्कानीको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । खलील–उर–रहमान हक्कानी तालिबान सरकारका आन्तरिक मन्त्री सिराजुद्दीन हक्कानीका काका र अफगान तालिबानको हक्कानी नेटवर्कका संस्थापक जलालुद्दीन हक्कानीका भाइ हुनुहुन्छ । युद्धको समयमा अमेरिकाले खलील हक्कानीको बारेमा जानकारीका लागि पाँच करोड डलर इनाम दिने घोषणा गरेको थियो ।

सन् २०२१ को अगस्टमा तालिबान फेरि सत्तामा आएपछि यो समूहमाथि भएको तेस्रो ठूलो आक्रमण हो । मार्च २०२३ मा बल्ख प्रान्तका गभर्नर मोहम्मद दाऊद वाफा मुजामिलमाथि आक्रमण भएको थियो । आक्रमणमा मोहम्मद दाउदसहित तीन जनाको ज्यान गएको छ । त्यसअघि अक्टोबर २०२२ मा काबुलमा तालिबानको आन्तरिक मन्त्रालय परिसरमा रहेको मस्जिदमा भएको विस्फोटमा चार जनाको ज्यान गएको थियो ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।