२०८३ भाद्र २७ शनिबार
२०८३ भाद्र २७ शनिबार

बिल नभएका सामग्रीसहित दुई भारतीय पक्राउ

काठमाडौँ महानगरपालिका–१४ सोल्टीमोडबाट बिल नभएका विभिन्न समानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत राजस्थान लक्ष्मणगढ घर भई काठमाडौँ ओमबहाल बस्ने ३६ वर्षीय राकेशकुमार र भारत राजस्थान सिमर घर भएका ५२ वर्षीय वनवारी चौधरी रहेको महानगरीय प्रहरी वृत्त कालिमाटीले जनाएको छ।

उनीहरूको साथबाट ११२ थान मोबाइल, ३२० पिस विभिन्न मोबाइल डिसप्ले, ५९३ थान विभिन्न ब्राण्डका ब्याट्री, १९ हजार ५०० थान घडीको ब्याट्री, छ हजार थान क्यालकुलेटर र पाँच थान मोबाइल डिसप्ले बोर्ड बरामद गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। उक्त घटनाको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।