२०८३ भाद्र २९ सोमबार
२०८३ भाद्र २९ सोमबार

श्रीमती कुटपिट गर्ने श्रीमानबिरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा

नुवाकोटको बेलकोटगढी नगरपालिका–७ स्थित महादेवफाँटमा आफनै श्रीमतीलाई ज्यान मार्ने उदेश्यले मरणासन्न हुनेगरी कुटपिट गर्ने श्रीमानलाई प्रहरीले ज्यान मार्ने उद्योगमा आज मुद्धा दर्ता गरेको छ।

महादेवफाँटका ३७ वर्षीय पशुराम नेपालले श्रीमती सुमी घिमिरेलाई दैनिकैजसो पिट्ने र यातना दिने गरेको स्थानियको भनाइ छ। नेपालले श्रीमती घिमिरेलाई गए राती ११ः०० बजेको समयमा सुतिरहेको अवस्थामा लात्ती, मुडकी तथा फलामको साबेलले पटकपटक शरीरका बिभिन्न अंगमा प्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अनिल पण्डितले जानकारी दिए।

उनका अनुसार घाइते घिमिरेका दाजु किशोर घिमिरेले प्रतिवादी नेपालबिरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएको जानकारी दिएको हो। प्रनि पण्डितले किटानी जाहेरी दिएपछि तत्काल जिल्लाबाट खटिएको प्रहरी टोलीले नेपाललाई नियन्त्रणमा लिएको उनले बताए। घिमिरेलाई नुवाकोट अस्पताल प्रालिमा प्राथमिक उपचारपश्चात थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौँ पठाइएको प्रनि पण्डितले बताए।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।