२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

२ दशकमा नेपालमा एकल महिलाको सङ्ख्या दोब्बरले बढ्यो, सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि

काठमाण्डौ – नेपालमा एकल महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार नेपालमा ९ लाख ९७ हजार ६ सय ६२ जना एकल महिला रहेको देखाएको छ । तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालका अनुसार २०५८ सालको जनगणनामा एकल महिला ३ दशमलव ७ प्रतिशत मात्र रहेकामा २०७८ सालमा झन्डै दोब्बरले वृद्धि भएको जानकारी दिनुभयो । २०७८ सालमा एकल महिलाको सङ्ख्या ६ दशमलव ६ प्रतिशत पुगेको छ । उहाँले विगत दुई दशकमा सम्बन्धविच्छेद र छुट्टिने दरमा वृद्धि भएको जानकारी दिनुभयो । ३५ वर्ष र माथिका अविवाहित महिलाको अनुपात २०५८ सालमा शून्य दशमलव ५ प्रतिशत थियो भने २०७८ सालमा शून्य दशमलव ७ प्रतिशत पुगेको छ ।

तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सबैभन्दा धेरै एकल महिलामा विधवा महिला देखिएको छ । नेपालको ६६ लाख ६० हजार ८ सय ४१ गैरसंस्थागत घरपरिवारमध्ये ९ लाख ३६ हजार ९८ वटा घरपरिवारमा कम्तीमा एक एकल महिलारविधवा, सम्बन्धविच्छेद, भिन्न बसेको र ३५ वर्ष र त्योमाथिका अविवाहित महिला पाइएको राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक राजन सिलवालले बताउनुभयो । जसमा ७ लाख ९९ हजार ७ सय ४४ घरपरिवारमा कम्तीमा एक विधवा महिला रहेका देखिएको छ । तथ्याङ्क कार्यालयका अनुसार कुल घरपरिवारमध्ये १४ प्रतिशत घरपरिवारमा एकल महिला रहेका देखिएको छ ।

तथ्याङ्क कार्यालयका निर्देशक सिलवालले एकल महिला रहेका १४ प्रतिशत घरपरिवारमध्ये १२ प्रतिशत विधवा र २ प्रतिशत अन्य एकल महिला रहेका पाइएको उल्लेख गर्नुभयो । उहाँले कम्तीमा एक जना विधवा महिला कर्णाली प्रदेशमा ११ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा १४ प्रतिशत देखिएका बताउनुभयो ।

कार्यालयका अनुसार १० वा त्योभन्दा माथिका कुल महिला जनसङ्ख्यामध्ये ८ दशमलव २ प्रतिशत एकल महिला रहेका छन् । यस्तै तथ्याङ्कले विधुरको सङ्ख्या २ दशमलव २ प्रतिशत रहेको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।