२०८३ असार ७ आईतवार
२०८३ असार ७ आईतवार

परशुराममा कार्यरत अहेब बोहराको नक्कली प्रमाणपत्र, विशेष अदालतमा मुद्दा

डडेल्धुराः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डडेल्धुराको परशुराम नगरपालिकामा कार्यरत अहेब रमेश बोहराविरुद्ध विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरेको छ ।अनुसन्धानको क्रममा अहेब बोहराले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी लाभ लिएको पुष्टि हुन आएकोले आरोप पत्र दायर गरिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ । आयोगका अनुसार उनीविरुद्ध शैक्षिक योग्यताको प्रमाण(पत्र नक्कली रहेको भन्दै आवश्यक छानबिनका लागि उजुरी परेको थियो । बोहराले काउन्सिल फर टेक्निकल इजुकेसन एन्ड भोक्यासनल ट्रेनिङ, अफिस अफ द कन्ट्रोलर अफ इक्जामिनेस, भक्तपुरबाट जारी भएको कम्युनिटी मेडिसिन एसिस्टेन्ट तहको झुट्टा,नक्कली मार्कसिट र प्रमाणपत्रहरू पेस गरी परशुराम नगरपालिका ८ मा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रमा ११ भदौ २०७७ मा अहेब तहमा नियुक्त भई हालसम्म बहाल रहेको देखिन आएको आयोगले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।