डडेल्धुराः डडेल्धुरामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको परशुराम नगरपालिका–९ स्थित दैजी(जोगबुढा सडकखण्डको लिप्नामा जीप दुर्घटना भएको हो। इलाका प्रहरी कार्यालय जोगबुढाका अनुसार महेन्द्रनगरबाट सलेता आउदै गरेको लु १ ज ४५७९ नम्बरको जीप सडकबाट ३० मिटर तल खसेको हो। दुर्घटनामा ९ जना घाइते भएका छन्।



ती मध्ये ४ जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई उपचारका लागि धनगढी लगिएको छ। मृतक दुबै महिला रहेको बताइएको छ। मृतक र घाइतेको पहिचान खुल्न बाँकी छ।
Views: 483

























