डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिका ३ र ४ वडामा रहेको जगन्नाथ मन्दिरमा आज रतेडी र भोली दिउसेडी मेला लाग्ने भएकोछ । मेलामा डेउडा कार्यक्रमको आयोजना हुन लागेको जगन्नाथ युवा क्लवका अध्यक्ष तारा दत्त भट्टले खबरदारी न्युजलाई बताएका छन् । मेलामा चार किल्ला भित्र जुवातास तथा मदिरा बेचबिखन समेत निषेध गरिएकोछ । डेउडा कार्यक्रममा अमृत नाथ र भावना भट्टको उपस्थिती रहनेछ ।



मेलामा स्थानीय वस्तुहरुको कनिबेचका हुनुका साथै भेटघाटको रुपमा आफन्तजनहरु आउने गरेका छन् ।

Views: 681

























