२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

ट्याक्टर दुर्घटना हुँदा दार्चुलामा एक जनाको मृत्यु

दार्चुला- दार्चुलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मार्मा गाउँपालिकाका –२ सेलभिसाबाट चामल र मानीस बोकेर अपि हिमाल गाउँपालिकाको मकरीगाड जादै गरेको से ४ क ४०४७ नम्बरको ट्याक्टर रातापानी भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परी मृत्यु हुनेमा मार्मा गाउँपालिका–६ का ४० वर्षीय गणेश धामी रहेको प्रहरीले जनाएको छ ।  त्यस्तै दुर्घटनामा परी मार्मा गाउँपालिका–१ का १६ वर्षीय विकास नेपाली, सोहि ठाउँका ५३ वर्षीय रामसिह महरा, १९ वर्षीय कृष्ण नेपाली, २२ वर्षीय सागर नेपाली र अपि हिमाल गाउँपालिका–२ का विरसिह लोथ्याल घाइते भएको छन ।

घाइते पाँचै जनालाई उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । ट्याक्टर चालक कमल लामालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।