२०८३ बैशाख ७ सोमबार
२०८३ बैशाख ७ सोमबार

तोलाको ४ सयले घट्यो सुनको मूल्य, चाँदी कतिले ओर्लियो ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो दिनको तुलनामा बुधबार छापावाल सुन तोलाको ४ सय रुपैयाँले घटेर ९६ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुन ४ सयले सस्तिँदा तेजाबी सुन पनि चार सयले नै घटेर तोलाको ९६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार २ सय र तेजाबी सुन ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि सुन निरन्तर सस्तो बनिरहेको छ । गत साउन २३ गते तोलाको एक लाख ३ हजार ५ सयमा किनबेच भएर रेकर्ड कायम गरेको सुनको मूल्य २८ गते २५ हजार ५ सयमा झरेर सामान्य बढेको थियो ।

तर, भदौ ३ गते तोलाको १ लाख ४ सय रुपैयाँ पुगेर सुन सस्तो बन्‍न थालेको छ ।सुनको मूल्य घट्दा आज चाँदी पनि तोलाको १० रुपैयाँले घटेर १३ सय १० रुपैयाँ कायम भएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।