२०८३ असार ११ बिहीबार
२०८३ असार ११ बिहीबार

सीपीएलमा निरन्तर विकेट लिँदै सन्दीप

यो वर्षको पहिलो फ्रेन्चाइज ट्वान्टी-२० क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलिरहेका सन्दीप लामिछानेले आज बिहान भएको खेलमा जमैका तल्लावाजका लागि एक विकेट लिएका छन्।

गुयना अमेजन वारियर्सविरुद्धको खेलमा जमैका ५ विकेटले विजयी हुँदा सन्दीपले चार ओभरमा १२ रन खर्चेर एक विकेट लिए।यससँगै जारी प्रतियोगितामा सन्दीपले हालसम्म पाँच विकेट लिएका छन्।

जमैकाले खेलेका चारै खेलमा आफ्नो कोटाको चार/चार ओभर बलिङ गरेका सन्दीपले ७३ रन खर्चेका छन्।सन् २०१८ देखि लगातार सीपीएल खेलिरहेका सन्दीपले हालसम्म प्रतियोगितामा २० विकेट लिएका छन्।

डेब्यू सिजन २०१८ मा पाँच खेलमा सात विकेट तथा २०१९ मा आठ विकेट लिएका थिए।सन्दीपको जमैकाले जारी प्रतियोगिताको पाँचौँ खेल भोलि बिहान बार्बाडोस ट्रिडेन्ट्ससँग खेल्नेछ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।