थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा उपचाररत काठमाडौंका कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति साढे ९ बजे मृत्यु भएको हो।



स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ। उनी गत साउन २३ गतेदेखि पाटन अस्पतालमा उपचाररत थिए।
Views: 195

























