२०८३ श्रावण ७ बिहीबार
२०८३ श्रावण ७ बिहीबार

बलेको साथमा प्रिज्मा र प्रिन्सीको ‘हुन्छ खोसाखोस’ सार्वजनिक

गायक नेत्र भण्डारी र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । ‘हुन्छ खोसाखोस’ बोलको गीतमा सुनिल बिसीको शब्द तथा सन्तोष सुनारको संगीत रहेको छ ।

गीतको भिडियोमा सागर लम्साल ‘बले’का साथमा ट्विनी गर्ल्स प्रिज्मा र प्रिन्सी खतिवडालाई कम्मर मर्काएको देख्न सकिन्छ । पछिल्लो समय म्युजिक भिडियोमा निकै चम्केको टिम हो यो । साथमा टिकटक स्टार मञ्जिल बस्नेत पनि छन् ।

गीतको भिडियोमा सागर र प्रिज्मासित र मञ्जिलले प्रिन्सीसित जोडी बाँधेका छन् । रोचक के छ भने उनीहरु वास्तविक जीवनमा पनि प्रेमी–प्रेमिका हुन् । उनीहरुले यस अघि ‘रनभुल’ बोलको गीतमा सँगै काम गरेका थिए । प्रिज्मा–प्रिन्सीसँग सागरले मात्र भने आधा दर्जनभन्दा बढि भिडियो गरिसकेका छन् ।

राजिव समरको निर्देशन तथा करियोग्राफी रहेको भिडियोलाई राम कुमार केसीले खिचेका हुन् । भिडियोलाई टेकेन्द्र शाहले सम्पादन तथा कलर गरेका हुन् ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।