२०८३ जेष्ठ ११ सोमबार
२०८३ जेष्ठ ११ सोमबार

गन्यापधुरामा जनप्रतिनिधि र कर्मचारीको मासिक पारिश्रमिकवाट राहत तथा उद्धारकोष स्थापना

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिकाले मनसुन जन्य विपदकाकारण हुन सक्ने सम्भावित क्षतीमा राहत तथा उद्धार गर्न जनप्रतिनिधि र कर्मचारीको मासिक पारिश्रमीकवाट कट्टी गर्ने गरी कोषमा जम्मा गर्ने निर्णय गरेको छ । 
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीलीपकुमार तामाङले  शुक्रबार कार्यपालिकाले गरेको निर्णय अनुसार उक्त कोषमा गाउँपालिका अध्यक्ष सहित उपाध्यक्ष र वडा अध्यक्षको सात दिन, कार्यपालिका सदस्य र वडा सदस्यको दूइ दिन, अधिकृत स्तर कर्मचारीको तीन दिन, सहायक स्तर कर्मचारीको दूई दिन र शिक्षक कर्मचारीको एक दिनको पारिश्रमिक कोषमा जम्मा गर्ने निर्णय भएको छ । 
जनप्रतिनिधि र कर्मचारी गरि ३सय ५० बढीले राहत तथा उद्धार कोषमा रकम जम्मा गर्ने निर्णय गरिएको हो। यस अघि कोरोना भाइरसवाट समस्यामा परेका नागरिकका लागि पनि राहत तथा उद्धारकोष स्थापना गरेको गाउँपालिकाले जनाएको छ ।  उक्त पालिकामा २०७८ सालको असोज अन्तिम साता देखि आएको  बैमोषमी बर्षाका कारण दुईजनाको मृत्यु हुनुका साथै खेत तथा घरहरु समेत क्षती भएको थियो । 

खबरदारी न्युज

खबरदारी न्युज

प्रबन्ध निर्देशक

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।