२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

चिसो बढेसँगै ओठ फूटेर हैरान हुनुहुन्छ ? यसरी जोगाउनुहोस्

ओठले व्यक्तिको सुन्दरता झल्काउँछ । कोमल ओठले मानिसलाई अझ सुन्दर देखाउँछ पनि । तर बढ्दै गएको चिसो र धुलोधुँवायुक्त वातावरणका कारण धेरै मानिसहरुमा ओठ फूट्ने, सुख्खा हुने, रगत आउने जस्ता समस्या देखिन्छ ।

के तपाईमा पनि यस्तै समस्या छ  ? यदि त्यसो हो भने घरमै बसेर सो समस्या हल गर्नको लागि लोकपथले केहि टिप्स बटुलेको छ ।

जाडोमा यसरी जोगानुस् ओठ : 
-हरेक साँझ सुत्नेबेलामा महलाई सफा कपासले ओठमा लगाएर सुत्ने ।

-२४ घण्टासम्म रहने, पानी वा घामले केहि नहुने भन्दै विज्ञापन गरिएका लिपिस्टीक जाडोमा कमै मात्रामा प्रयोग गर्ने ।

-लिप बामको प्रयोग नियमित रूपमा गर्ने ।

-हलुका रुपमा पेट्रोलियम जेली लगाएर मसाज गर्ने

-तिलको तेललाई मनतातो बनाई बारम्बार लगाउनाले पनि फाइदा पुग्छ ।

-ओठ फूट्ने वा सुख्खा हुने समस्या कम गर्नलाई बाहिर हिँड्दा मास्क लगाउनु पर्छ।

-कागतीको रसमा ग्लिसरिन मिसाएर ओठ मसाज गर्दा ओठ फूट्दैन ।

-पानी र फ्रुट जुस प्रशस्त मात्रामा सेवन गर्नुपर्छ ।

-जिब्रोले ओठ छोईरहने तथा थुक लगाउने बानी छोड्नुपर्छ ।

-धेरै तातो र धेरै पीरो खानेकुरा खानुहुँदैन।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।