धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूह सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापाले (प्रचण्ड–नेपाल) समूहको प्रदेश समिति बैठकले गरेका सम्पुर्ण निर्णय खारेज गरेको बताएका छन । उनले आफु प्रदेश कमिटी अध्यक्ष भएको बताउदैं (प्रचण्ड–नेपाल) समूहको प्रदेश समिति बैठकले गरेका निर्णय नमान्ने बताए ।



”एउटा कमिटी बैठक बोलाईयो भन्ने सुनियो’,उनले भने,’यो प्रदेश कमिटीको अध्यक्ष म हुँ कर्ण थापा । यहाँहरु सबैलाई जानकारी छ । अनि उहाँहरुले कुन बैधानिकताका आधारमा बैठकको आयोजना गर्नुभयो ।”
‘बैठकको आयोजना गरि अबैधानिक ढंगले भेला र बैठक भएका सम्पुर्ण गतिविधीहरुलाई प्रदेश कमिटीको अध्यक्षका हैसियतले खारेज भएको घोषणा गर्न चाहान्छु, उनले भने ।’ यस्तै अध्यक्ष थापाले नेकपा प्रदेश समितिको खाताबाट निकालिएको रकमप्रति पनि कडा आपत्ति जनाएका छन ।
Views: 118

























