२०८३ असार १४ आईतवार
२०८३ असार १४ आईतवार

सुदूरपश्चिम प्रदेशका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी, २० पुस ।  सुदूरपश्चिम प्रदेशका थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका २ वटा प्रयोगशालामा गरीएको परीक्षणमा ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आज ३२ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ सय ५८ नमूना परीक्षण गर्दा ९ महिला र २३ पुरुष गरी ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिकामा २३ जना, लम्किचुहा नगरपालिकाका ३ जना, गोदावरी नगरपालिकाका २ जना,  घोडाघोडी नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।  
यस्तै कन्चनपुरको बेदकोट नगरपालिका, डोटीको दीपायल सिलगढी नगरपालिका र दार्चुलाको मालीकार्जुन गाउपालिकाका १/१ जनामा कोरोना पष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।

यस्तै उता डडेल्धुरा अस्पतालको प्रयोगशाला २ जनामा कोरोना पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । योसंगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ६ सय ८७ पुगेको छ । संक्रमण पुष्टि भएका ११ हजार ३२ जना डिस्चार्ज भएका छन भने हाल सम्म ५१ जना संक्रमितको मृत्यु भएको सामाजीक बिकाश मन्त्रालयले छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।