२०८३ आश्विन ३ शनिबार
२०८३ आश्विन ३ शनिबार

सिंगिङ स्टारको फाईनलमा डडेल्धुराकी स्मिता बोहरा रेग्मि

पुष्कर भण्डारी / डडेल्धुरा – गायन क्षेत्रका कलाकारको प्रतियोगितात्मक प्रतिशपर्धा सिंगिङ स्टारको फाईनलमा डडेल्धुराकी चेली स्मिता बोहरा रेग्मि पुगेकी छन ।

अमरगढी नगरपालिका–३ घर भएकी स्मिता अडिसन राउण्ड देखि एक सय प्रतिशपर्धीलाई पछि पार्दै फाईनलमा पुगेकी हुन । सुरिलो स्वरकी धनि उनि टप टेन बाट भोटको आधारमा फाईनलमा सम्म पुगेकी छन । सिंगिंङ स्टारको उपाधी जित्ने सपना स्मिताको छ ।

यो कार्यक्रम लाईफ ओके सिंगिङ स्टारका नामले लाईफ ओके च्यानलमा शुक्रबार राती साढे आठ बजे देखि एक घण्टा प्रशरण हुने गरेको छ । स्मिताले आफ्नो फेसबुक आईडी मार्फत पनि भोट गर्न आह्वान गरेकी छन । उनलाई भोट गर्न मिल्ने युटुवको लिंक उनले सेयर गरेकी छन ।

भोट गर्न उनको पोस्टलाई लाईक र सेयर गर्नु पर्ने हुन्छ । साथै खल्ति एप बाट पनि भोट गर्न मिल्ने उनले बताईन । अहिले पनि उनले स्वर दिएका तिन वटा गित बजारमा छन । फुलमति, तिम्रै झल्को र मलाई लाग्छ मेरो देश बोलको एउटा राष्ट्रभक्ति गित बजारमा छ ।

जीवनान प्राप्त हुने अवसरहरु लाई आत्म साथ गर्नु पर्ने आफु लाई लाग्ने भएकाले सिंगिङ स्टारमा सहभागि बनेको उनले बताईन । गित गाउने र नृत्य गर्ने मेरो सानै देखिको प्यासन हो । उनले भनिन, ब्याच्लर गरिसकेपछि मैले गायन क्षेत्रमा कक्षा पनि लिन थाले ।

गित पनि गाउदै आएकी छु । पब्लिक हेल्थ बाट ब्याच्लर गरेको र अहिले गायन क्षेत्र संगै सोही बिषयमा मास्टर्स गरिरहेको उनले बताईन ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।