२०८३ आश्विन १ बिहीबार
२०८३ आश्विन १ बिहीबार

बोगटान सडकको काम पुनः शुरु हुन्छ ः वनमन्त्री

डोटी, १९ पुस । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कैलालीको सहजपुरदेखि डोटीको बागछेडासम्म जोड्ने बोगटान सडकको काम अगाडि बढ्ने बताएका छन । वन मन्त्रालयले सो सडकखण्डमा रुख काट्ने अनुमति नदिँदा निर्माण अगाडि बढेको थिएन ।

उनले भने,“मन्त्रालयका कारण रुख काट्न नपाउदा काम रोकिएको भन्ने खबर मैले पाएँ, म सो विषयमा मन्त्रिपरिषद्मा फाइल लैजानेछु र काम सुचारु गराउछु ।”

तीन दशकदेखि अलपत्र अवस्थामा परेको उक्त सडक पछिल्लो समय सरकारको उच्च प्राथमिकतामा रहे पनि रुख काट्न नपाउदा तथा कोरोना सङ्क्रमणका कारण काममा ढिलाइ हुँदै आएको थियो ।  विसं २०७५ फागुन ७ गते उक्त सडकको कालोपत्रेको शिलान्यास भएको थियो ।

चुरे गाउँपालिकाका करनबहादुर छेडालले भने, “शुरुमा निकै तीव्र गतिमा काम भइरहेको थियो, पछि रुख काट्न नपाउदा र कोरोनाले गर्दा काम सुस्त भएको छ, रुख नकाटिए समयमै काम सम्पन्न हुँन गारो अवस्था छ ।”

कैलालीको सहजपुर बजारबाट डोटीको बडिकेदार गाउँपालिकासम्म ५० किलोमिटर सडक ३० महिनाभित्रमै कालोपत्र गरिने लक्ष्यअनुसार ठेकेदार कम्पनीले उक्त कामको शुरुआती गरेको थियो ।

रुख काट्न नपाएर हाल सुस्तगतिमा भइरहेको निर्माण कार्यले तोकिएको समयमा काम सम्पन्न हुन नसक्ने भन्दै स्थानीयवासीमा चिन्ता छाएको छ ।

सरकारले रु दुई अर्ब पाँच करोडमा उक्त सडक कालोपत्रको जिम्मा कुमार श्रेष्ठ निर्माण सेवालाई दिएको थियो । 
 कैलालीको चुरे गाउँपालिकाभित्र पर्ने १८ किमी र डोटीको विपीनगरबाट बडिकेदार गाउँपालिकासम्म २८ किमी सडक कालोपत्रको काम शुरु गरिएको थियो ।  तीन महिनादेखि कालोपत्रको काम रोकिएको र अन्य काम सुस्तगतिमा भइरहेको बताइएको छ ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।