२०८३ जेष्ठ २० बुधबार
२०८३ जेष्ठ २० बुधबार

सुदूरपश्चिम प्रदेश सरकार ढल्छ भन्ने प्रचारको कुनै अर्थ छैन : नेता भिम रावल

धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले सुदूरपश्चिम प्रदेश सरकार नढल्ने बताएका छन । शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन ।

उनले बाहिर आएका सबै कुरा हल्ला मात्रै भएको बताए । प्रदेश सरकार ढल्छ भन्ने कुरा भ्रम भएको बताउदैं नेता रावलले हामी एकता बद्ध भएको जानकारी दिए । ”एकजना प्रदेश सभा सदस्य काम विशेषले काठ्माण्डौं गएका बाहेक सबै जनाको उपस्थिती छ’,उनले भने,’यस्तो बलियो प्रदेश सभा भएको ठाउँमा अब सरकार कसरी ढल्ने हो, यस्तो प्रचारको कुनै पनि औचित्य छैन ।”

उनले आज बसेको सुदुरपश्चिम नेकपा संसदिय दलको बैठकका बहुमत सदस्यले सरकारको कदमको बिरोध गरेको दाबी गरे ।  उनले प्रचण्ड-नेपाल समुह नै आधिकारिक भएको समेत बताएका छन । साथै प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेको नेता रावलले बताए । 

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।