धनगढी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भिम रावलले सुदूरपश्चिम प्रदेश सरकार नढल्ने बताएका छन । शनिबार धनगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै रावलले यस्तो बताएका हुन ।



उनले बाहिर आएका सबै कुरा हल्ला मात्रै भएको बताए । प्रदेश सरकार ढल्छ भन्ने कुरा भ्रम भएको बताउदैं नेता रावलले हामी एकता बद्ध भएको जानकारी दिए । ”एकजना प्रदेश सभा सदस्य काम विशेषले काठ्माण्डौं गएका बाहेक सबै जनाको उपस्थिती छ’,उनले भने,’यस्तो बलियो प्रदेश सभा भएको ठाउँमा अब सरकार कसरी ढल्ने हो, यस्तो प्रचारको कुनै पनि औचित्य छैन ।”
उनले आज बसेको सुदुरपश्चिम नेकपा संसदिय दलको बैठकका बहुमत सदस्यले सरकारको कदमको बिरोध गरेको दाबी गरे । उनले प्रचण्ड-नेपाल समुह नै आधिकारिक भएको समेत बताएका छन । साथै प्रधानमन्त्रीले हुँदै नभएको अधिकार प्रयोग गरेर संसद बिघटन गरेको नेता रावलले बताए ।

























