२०८३ जेष्ठ १२ मंगलवार
२०८३ जेष्ठ १२ मंगलवार

कैलालीमा २०४ वटा मानव अधिकार उल्लघंनका घटना, सबैभन्दा बढी महिला हिंसा

धनगढी । कैलालीमा सन् २०२० को अवधिमा २ सय ४ वटा मानव अधिकार उल्लघंनका घटना भएको तथ्याङक सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालयले सार्वजनिक गरेको तथ्याङकमा २ सय ४ वटा मानव अधिकार उल्लघंनका घटना भएका हुन । सन् २०२० जनवरीदेखि डिसेम्बर सम्म भएका २ सय ४ वटा घटनामा २ सय ९ जना पीडित भएका छन ।

जसमध्ये राज्य पक्षबाट १४ जना र गैरराज्य पक्षबाट १ सय ९९ जना पीडित भएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक खडक राज जोशीले जानकारी दिए । उनका अनुसार नागरिक तथा राजनीतिक अधिकारबाट ३० जना, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारबाट दुईजना, जातिय विभेदबाट चारजना, महिला अधिकारबाट १ सय ३४ जना र बालअधिकारबाट ३९ जना पीडित भएका हुन ।

यस्तै यस अवधिमा महिला र बालिका गरी १ सय ८१ जना पीडित भएको इन्सेकको तथ्याङकमा उल्लेख छ । घरेलु हिंसाबाट मात्रै ८१ जना महिला पीडित भएका छन । भने २८ जना महिलामाथि बलात्कार र १२ जना महिलामाथि बलात्कारको प्रयास गरिएको छ । यसैगरी दुईजना महिला कथित बोक्सीको आरोपमा पीडित भएका छन । भने मानव बेचबिखन तथा ओसारपसारबाट ११ जना र बहुविवाहबाट चारजना महिला पीडित र चारजना महिलाको परिवारजनबाट हत्या गरिएको इन्सेकको तथ्याङकले देखाएको छ ।

यस्तै यस अवधिमा ३९ जना बालिकाहरु पीडित भएका छन । जसमध्ये ३० जना बालिकामाथि बलात्कार र नौ जना बालिकामाथि यौन दुव्र्यवहार भएको छ । बलात्कृत बालिकामध्ये पाँचजना बालिकाहरु बुवा बाट बलात्कृत भएको घटना इन्सेकले अभिलेख गरेकोे छ ।

यसैगरी जातिय बिभेद घटनाबाट चारजना पीडित भएका छन भने जंगलमा वेवारिसे अवस्थामा फेला परेको बस्तु विस्फोट हुँदा एकजनाको मृत्यृ, तीनजना पत्रकारहरुमाथि कुटपिट र जिल्लामा दुईजना प्रहरीको हत्या गरिएको घटना समेत इन्सेकको तथ्याङकले देखाएको छ ।

राज्यबाट हुने मानव अधिकारका घटनामा कमी आए पनि समग्रमा कैलाली जिल्लाको मानव अधिकारको अवस्था नाजुक देखिएको इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालयका संयोजक जोशीले जानकारी दिए ।

खबरदारी न्युज

खबरदारी न्युज

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।